बाम गठनवन्धनको संयुक्त वैठक



दाङ, १४ कार्तिक । दुई गठवन्धनकारी शक्ति नेकपा माओवादी केन्द्र र नेकपा एमाले दाङको संयुक्त वैठक मंगलवार जिल्लाका दशवटै स्थानिय तहहरुमा सम्पन्न भएका छन ।

यही मंसिर २१ गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सफल बनाउन दुवैं दलले संयुक्त रुपमा कार्यकर्ता परिचालन निर्णय गरेका छन । बाम गठवन्धनले मुलुक लाई सफल मार्ग चित्रण गरेकाले गठवन्धन चुनावी अभियान तिव्रताका साथ लागु गरिने संयुक्त वैठकले अनुमोदन जिल्ला व्यापी रुपमा निर्णय अनुमोदन गरिएको छ ।

वैठक बारे जानकारी दिदै नेकपा माओवादी केन्द्र दाङका ईन्चार्र्ज जीवन गौतमले नेकपा माओवादी केन्द्र र नेकपा एमाले विच सवै कार्यक्रमहरु संयुक्त रुपमा गरिने जानकारी दिनुभयो ।

उम्मेद्वारी मनोनयन पनि संयुक्त जनप्रर्दशनी संगै गरिने निर्णय भएको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अब कसैले माओवादी केन्द्र र एमाले भन्नेर भोट माग्ने छैन । ’ संयुक्त उम्मेद्वार रुपमा जनता लाई चिनाउने छ । गौतमले जनप्रर्दशनी देखी चुनावी प्रचार र उम्मेद्वारी दर्ता सवै संयुक्त रुपमा गरिने उल्लेख गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्