राष्ट्रिय प्रसारण लाईनमा १३ मेगावट विद्युत थप



सैघाली खबर
कास्की, १४ कार्तिक ।कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ।

केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोज
नाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए।

कूल दुई अर्ब पाँच करोडको लागतमा निर्माण गरिएको सो आयोजनाले अहिले काम सकेर परीक्षण उत्पादन गरिरहेको छ। सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर सुरुङबाट दुईवटा टर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ किलोमिटर केभी प्रसारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सब–स्टेशनमा जोडिएको छ।

‘रन अफ द रिभर’ मा आधारित सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट सात र बर्खायाममा प्रतियुनिट चार रुपैयाँका दरमा विद्युत् खरिदबिक्री सम्झौता भएको निर्देशक केसीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्