काठमाडौं, मंसिर ३० । नेपाली चलचित्र क्षेत्रले होनहार व्यक्ति गुमाएको छ । एकै पटक यस क्षेत्रका २ जनाको ज्यान गएसँगै यति बेला चलचित्र शोकमा डुबेको छ । यसैबीच प्रधानमन्त्री केपि शर्मा ओलीले बितेका दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
सोमबार बिहान समाजिक सञ्जाल ट्विटर मार्फत दिवगत केशव भट्टराई र दीपक क्षत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे उनले परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीको निदनप्रति दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कलाकारद्वयको कला सधैं स्मृतिमा रहने बताएका छ। उनले कलाकारको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीले लेखेका छन्, ’बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं। उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जलि! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।