ह्वाइटहाउस अगाडि प्रदर्शन, लाग्यो ‘गो ब्याक इण्डिया’को नारा



काठमाडौं, मंसिर ३० । नेपालको भूमि अतिक्रमण गरेको भारतको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरिएको हो ।

मेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक चक्कर लगाएपछि अगाडि बढेको विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर सम्पन्न भएको थियो ।उक्त विरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषामा नाराहरु लेखिएका प्रचार सामग्री प्रदर्शन गरिएको थियो ।

राष्ट्रिय पोशाकमा सजिएका र नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए ।  अमेरिकाको राजधानी वाशिंगटन डिसीको बीच सडकबाट भारत विरोधी नारासहित गरिएको प्रदर्शनले सबैको ध्यानाकर्षण गर्न सफल भएको बिरोध जुलुसका संयोजक तथा बानाका पूर्वअध्यक्ष कुलमणि आचार्यले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्