दाङ र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका ३ बरगदुवास्थित सडकमा रा ३ प ९२०८ नम्बरको मोटरसाइकलको ठक्करबाट घोराही उपमहानगरपालिका ३ बरगदुवा बस्ने ३९ वर्षीया जानकी चौधरीको आइतबार साँझ मृत्यु भएको छ । हाल नम्बर नखुलेको बसबाट झरी बाटो काट्न लागेको अवस्थामा उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
काभ्रेको नमोबुद्ध नगरपालिका ६ टारस्थित सडकमा बा।४ ख २६८६ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सल्यान कल्लेरी नगरपालिका ७ कुरल घर भई हाल नमोबुद्ध नगरपालिका ६ टारमा लेबर काम गरी बस्ने ३० वर्षीय काशीराम खत्रीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।