पीपीएल दोस्रो संस्करणमा धनगढीको विजयी सुरुवात




धनगढी ब्लुजले दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगर टाईटन्सलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले सुखद सुरुवात गरेको हो ।

पोखरा रंगशालामा धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।
पहिलो ओभरमानै २ विकेट गुमाएको विराटनगरका राजु रिजालले सर्वा्धिक २५ रन बनाए । २२ बल खेलेका उनले २ चौका र १ छक्काको मद्दतमा २५ जोडे । यस्तै सुनिल धमलाले १८ रन बनाउँदा नोमन खानले ११, पुनित मेहेराले १५ कप्तान प्रदिप सिंह ऐरीले १० रनको योगदान गरे ।

पहिलो ओभरको पहिलो बलमा कमल सिंह ऐरीले विराटनगरका जयद आलमलाई अनिल खरेलको हातबाट कभरमा क्याच आउट गरे । पहिलो ओभरमानै दिलिप नाथलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गराए ।

तर, सुनिल धमला र प्रदिप ऐरीले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गर्दा अनिल खरेलले सुनिललाई सन्दीप सुनारको हातबाट क्याच आउट गराउँदा सागर ढकालले प्रदिपलाई अमित यादबको हातबाट क्याच गराए ।

नोमन खान सागर ढकालको बलमा लङ अफको दिशामा थोमसको हातबाट आउट भए । सर्वा्धिक रन बनाएका राजुलाई अमृत यादबले मिड विकेटमा कमल सिंह ऐरीको हातबाट क्याच आउट गराए ।

राजेश पुलामी मगरलाई दिपेन्द्रले थोमसको हातबाट कट बिहाइण्ड गराउँदा दिपेन्द्रले अन्तिम ओभरमा पुनित र किशोरलाई क्लिन बोल्ड गराए ।
धनगढीका दिपेन्द्र सिंह ऐरीले ३ विकेट हात पारे । यस्तै सागर ढकालले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । विराटनगरका कमल सिंह ऐरीले अविजित २६ रन बनाए । २१ बल खेलेका ऐरीले २ चौका र २ छक्काको मद्दतमा २६ रन बनाए ।

यस्तै स्रिमन्था विजारत्ने २५ रनको योगदान गरे । रोड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२, मन्जित श्रेष्ठले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका शाहब आलमले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३० रन खर्चेर ३ विकेट हात पारे । यस्तै नोमन खान २ र किश्वोर महत्व, पुनित मेहेरा र जयद आलमले समान १र१ विकेट हात परे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्