डलर साट्ने प्रलोभनमा पारी काठमाडौं बौद्ध बस्ने डोल्पा घर भएका ४० वर्षीय छेवाङ तन्दुर गुरुङको साथबाट नगद १२ लाख रुपैयाँ आइतबार ठगी भएको छ ।
अपरिचित व्यक्तिहरुले डलर साटिदिन्छु भनी प्रलोभनमा पारी गुरुङलाई महालक्ष्मी नगरपालिका(२ ईमाडोलमा बोलाई रुपैयाँ आकारको कागजको विटो दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएका बताइएको छ ।
फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।