लोकतान्त्रिक गठबन्धनले उम्मेदवार आज टुंग्याउने



सैघाली खबर
काठमाडौं,१५ कार्तिक

नेपाली कांगेस र मधेसवादी दलले आज सीट बाँडफाँडको अन्तिम टुंगो लगाउने भएका छन् । दुवै पक्षबीच प्रदेश २ को ३२ वटा निर्वाचन क्षेत्रमा मुख्य समस्या रहेको छ । यो प्रदेशको बारेमा कुरा मिलाउन राती अबेरसम्म पनि छलफल भएको तर सहमति हुन बाँकी रहेकाले अहिले केहीबेरमा बैठक बसेर टुंगो लाग्ने कांगे्रस संसदीय समितिका एकजना सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो । भोलि दोस्रो चरणको निर्वाचन हुने जिल्लाहरुमा उम्मेदवारी मनोनयनको कार्यतालिक रहेकाले आज दिउँसोसम्ममा टुंगो लगाइसक्ने उहाँले बताउनुभयो । सीट बाँडफाँड टुंग्याएका बाम गठबन्धन भने घोषणापत्रलाई अन्तिम रुप दिने तयारीमा रहेको नेताहरुले बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्