बलात्कारको अभियोगमा पक्राउ परेका सिद्धबाबालाई थुनामा राख्न अझै सात दिनको म्याद थप गरिएको छ ।
सोमबार सिद्धबाबा (कृष्णबहादुर गिरी)को बयान सकिए पनि थप अनुसन्धानको लागि सात दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।
आफ्नै अनुयायीलाई बलत्कार गरेको आरोपमा प्रकाउ परेका बाबालाई यसअघि मागेक तीन दिनको म्याद सकिएपछि जिल्ला अदालत सुनसरीले अनुसन्धानका लागि फेरि म्याद थपेको हो ।
बिरामी रहेका बाबालाई प्रहरीले विराट नर्सिङ होममै राखेर अनुसन्धान गरिरहेको छ भने सोमबार पनि अस्पतामै लगिएको छ । उनलाई गत मंसिर १६ गते अस्पतालको आइसियूबाट पक्राउ गरेको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।