नेपाली कांग्रेसको घोषणापत्र, १० वर्षमा समुन्नत नेपाल



सैघाली खबर
काठमाडौं,१५ कार्तिक

नेपालको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसले आगामी १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रको सूचीमा पु¥याउने लक्ष्य राखेको छ । घोषणा पत्रमा जलस्रोत, पर्यटन, कृषि र पूर्वाधारको विकास गरी देशबाट गरिबीको अन्त गर्ने उल्लेख छ ।

काँग्रेसले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्र तयार पारेको छ । आगामी १० वर्षमा १५ हजार मेगावाट ऊर्र्जा उत्पादन भई निर्यात गर्ने र त्यसबाट आएको रकमले मुलुकको गरिबीलाई तीन प्रतिशतमा झार्ने उल्लेख छ । हाल मुलुकको गरिबी २१ प्रतिशत छ ।

घोषणापत्रले मुलुकको अर्थतन्त्रको आकारलाई आगामी १० वर्षमा एकसय खर्बको हाराहारीमा पु¥याउने महोत्वाकाङ्क्षी योजना अघि सारेको छ ।

आगामी १० वर्षमा देशको गरिबी र भोकमरी सदाका लागि अन्त भई अनौपचारिक क्षेत्रका गरिबीलाई निवृत्तीभरणको व्यवस्था गरी तीनदेखि पाँच लाख युवालाई रोजगारी उपलब्ध हुनेछ । दश वर्षभित्र आम नेपाली औषधि उपचारबाट वञ्चित हुनुपर्ने छैन । प्रत्येक नेपालीको स्वास्थ्य बीमा गरिएको हुनेछ । जसका कारण नेपालीको औषत आयु ७७ वर्षभन्दा माथि हुने अनुमान गरिएको छ ।

आगामी १० वर्षभित्र मुलुक खाद्यान्न, मासु, तरकारीमा आत्मनिर्भर हुनेछ । तराई–मधेश र पहाडका १८ लाख हेक्टर जमिन बाह्रै महिना सिञ्चित हुनेछन् । मोबाइल फोन र इन्टरनेटको पहुँच सबै नेपाली जनतामा पु¥याइने, १६ वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता हुने तथा ऋण लिएका ८० प्रतिशतभन्दा बढी घरधुरीको स्रोत औपचारिक वित्तीय क्षेत्रमा आबद्ध हुने उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्