सहकारी संस्था लिमिटेडको १२औ साधारण सभा तथा भवन उदघाटन कार्यक्रम सम्पन्न



उर्मिला यादव सुनवल
मंसिर ३०

सुनवल नगरपालिका वडा नम्बर ९ स्वाठीमा अबस्थित भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारण सभा तथा भवन उदघाटन कार्यक्रम आज सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बचत नाथ योगीको अध्यक्षता एवम सुनवल नगरपालिका नगर प्रमुख भिमबहादुर थापाक्षेत्रीको प्रमुख आथित्यतामा १२ औ साधारण सभा तथा भवन उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका लेखा संयोजक हिरालाल यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष बचत नाथ योगीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारी संस्था सदस्यहरुको श्रृजनशिलता भएको बताउदै यसको सफलता नै सदस्यहरुको हित र कल्याण एवम सन्तुष्टि भएको बताउनु भएको छ । उहाले सहकारीको सहकार्य मार्फत समुदायको चौतर्फी बिकास गर्न सकिनेमा जोड दिनु भएको छ ।

संस्थाका अध्यक्ष योगीले सहकारीको आधारभुत मुल्य र मान्यतालाइ आत्मसाथ गर्दै सहकारी सिद्धान्तलाइ ब्यवहारमा लागु गरी आफना सदस्यहरुमा आर्थिक बिकासको माध्यमबाट सामाजिक , आर्थिक , र सास्कृतिक परिवर्तनका लागी २०६४ साल देखि नै प्रयासरत रहेको अवगत गराउनु भएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष शंकर प्रसाद नाउले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै ५ सय १६ जना शेयर सदस्य रहेको यस संस्थाले ४ करोड , ९४ लाख , ४३ हजार , ७ सय ५७ रुपैयाको कारोवार गर्न सफल भएको जानकारी दिनु भएको छ । उहाले यस संस्थाले ६ लाख ४४ हजार ८ सय ७५ रुपैया शुद्ध नाफा आर्जन गर्न सफल भएको जानकारी दिनु भयो ।

कार्यक्रममा संस्थाका लेखा संयोजक हिरालाल यादवले लेखा समितीको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७५ र ७६ मा लेखासमितीको निरीक्षण हिसाबकिताब तथा गतिबिधीको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संस्थाका सचिव टंक प्रसाद कुवरले संस्थाको चालु आर्थिक बर्ष २०७५ र ७६ को अनुमानित आय ब्यय र आगामी आर्थिक बर्ष २०७६ र ७७ को लागी प्रस्ताबित आय ब्ययको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । भने उहाले संस्थाले खुद मुनाफा ५ लाख ३० हजार लिने लक्ष्य लिएको समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाक्षेत्री , उपप्रमुख दधिराम अर्याल , वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र यादव , वडा नम्बर ९ का वडाध्यक्ष कन्हैया थारु , प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने आज हुने भनिएको छैठौं अधिबेशन भोलि मंगलबारका लागी सारीएको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका शेयर सदस्य लगायत सरोकारवाला ब्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्