ओमप्रकाश गुप्ता
भालुवाङ । राप्ती गाउँपालिका क्षेत्र भित्र हुने विभिन्न घटना तथा दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापन गर्न राप्ती गाउँपालिका १ पाखापानीमा रहेको होटल पौवा प्रालिले साँचो देखाएको छ । उसले आइतवार एक समारोहको आयोजना गरी २० थान ट्राफिक कोण इलाका प्रहरी कार्यालय भालुवाङलाई हस्तान्तरण गरेको छ ।
प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक गंगाबहादुर सारु मगर र ट्राफिक पोष्ट पुल्चोकका इन्चार्ज चन्द्र केसीलाई उक्त कोण हस्तान्तरण गरेका हुन् । उक्त ट्राफिक कोणले पुर्व पश्चिम राजमार्ग र भालुवाङ प्युठान सडकको पुल्चोकमा रहेको अव्यवस्थित यातायातका साधन आवतजावत गर्न सुविधा पुग्ने र व्यस्त बजार तथा सडकमा आवतजावत गर्ने यात्रुका साथै स्थानीयहरुलाई सडक दुर्घटना न्युनीकरणमा टेवा पुग्ने छ ।
होटल पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीको अध्यक्षतामा सम्पन्न हस्तान्तरण समारोहलाई प्रमुख अतिथि एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल,होटल व्यवसायी समिति भालुवाङका अध्यक्ष महेश बेल्वासे,भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ,नमस्ते राप्ती यातायात प्रालिका प्रतिनीधि दिपक पुन, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख गंगाबहादुर सारु मगर,पत्रकार विदुर एम.सी लगायतकाले सडक दुर्घटना न्युनीकरणमा यस प्रकारका उपकरणले टेवा पु¥याउने बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महेश रिजालले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।