मुख्य समाचार

युरिया मलको तौल कम भएकोबारे अनुसन्धानका लागि छानविन टोली

By थाहा अनलाइन

November 01, 2017

सैघाली खबर काठमाडौं,१५ कार्तिक

सरकारले गहँु बालीको लागि आवश्यक पर्ने रसायनिक मलको आपुर्ति सहज बनाउनेबारे भारतसँग छलफल गरेको छ । भारतको सरकारी कम्पनीबाट ल्याईएको युरिया मलको तौल कम भएको जानकारी आएपछि कृषि मन्त्री रामकृष्ण यादवले यसबारे नेपालका लागि भारतिय राजदूत मञ्जिभ पुरी सँग छलफल गर्नुभएको मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाले सीआईएनलाई जानकारी दिनुभयो ।

छलफलले थप अनुसन्धानका लागि पूर्वाअञ्चल क्षेत्रिय कृषि निर्देशनालयका निर्देशक हस्त विष्टको संयोजकत्वमा ३ सदस्यीय छानविन टोली पनि गठन गरेको मन्त्रालयका सापकोटाले जानकारी दिनुभयो ।