दिपक बोहरा
दाङ,१५ कार्तिक
दाङको तुलसीपुरमा पनि बृद्धाश्रम सञ्चालनमा ल्याईएको छ । तुलसीपुर १२ रझेनीमा बृद्धाश्रम सञ्चालनमा ल्याईएको हो । स्थानीय नारायणप्रसाद गौतमले करिव २ करोड मूल्य बराबरको निःशुल्क उपलब्ध गराएको जमीनमा बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुरले ८ कोठे भवन निर्माण गरेको हो ।
समितिका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतमा एबम तुलसीपुरका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य र निर्वतमान सांसद अनारकली मिँयाको बिशिष्ठ आतिथ्यमा उक्त भवनको उद्घाटन गरिएको हो । मेयर पाण्डेले आवासीय भवन र निर्वतमान सांसद मिँयाले भोजनालयको एकसाथ उद्घाटन गरेका हुन् ।
२०७२ सालमा झण्डै ३१ लाखको लागतमा ३ वटा कोठा भोजनालय, ५ कोठा बृद्धबृद्धाका लागि आवासीय भवन गरि ८ कोठ,स्नान गृह र शौचालय समेत २ वटा निर्माण गरिएको समितिका संयोजक नोखिराम बस्नेतले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।