दुई जिल्ला हेर्ने कार्यालयमा दुई कर्मचारी



नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको सुन्दा अचम्म लाग्न सक्छ, तर वीरगञ्ज महानगरपालिका वडा नं ५ मा यस्तै एउटा सरकारी कार्यालय रहेको छ । उक्त कार्यालयको क्षेत्राधिकार बारा र पर्सा गरी दुई जिल्ला रहे पनि कर्मचारीचाहिँ दुई जना मात्रै छन् ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय वीरगञ्जमा तीन कर्मचारीको दरबन्दी रहे पनि हाल दुई मात्र कर्मचारी रहेका छन् । एक वर्षअघि खुलेको सो कार्यालयमा कर्मचारी अभावका कारण काम गर्न समस्या हुने गरेको कार्यालय प्रमुख रत्नकान्त झाले दुखेसो पोख्नुभयो ।

खाद्य सुरक्षा तथा गुणस्तरलाई पोषणसँग जोड्न खोलिएको सो कार्यालयले बजारमा बिक्रीका लागि राखिने खाद्यवस्तुको नमूना सङ्कलन गरी जाँचका लागि जनकपुरधाम पठाए पनि लामो समयसम्म परिणाम नआउँदा काम प्रभावित हुने गरेको सो कार्यालयका प्राविधिक सहायक श्रवणकुमार साहले बताउनुभयो । सो कार्यालयमा प्रमुख र प्राविधिक सहायक गरी दुई मात्रै कर्मचारी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्