पत्रकार महासंघ वरपर पाँच वर्षका लागि फ्रि वाईफाई



घोराही
नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा महासंघ वरपर सबैका लागि काम लाग्ने गरी वर्डलिंकसँगको समन्वयमा पाँच वर्ष फ्रि वाईफाई सेवा प्रदान गरेको छ । पुस १ गतेदेखि उक्त सेवा सूचारु भएको महासंघ दाङका सचिव भुपेन्द्र प्रकाश वलीले जानकारी दिनुभयो । यो सेवा अन्तगर्त एक दिनमा एउटा मोबाइलमा तीन घण्टासम्म फ्रि वाईफाई सेवा लिन सकिनेछ ।

वर्डलिंक कम्युनिकेशन घोराहीका प्रमुख आकाश सापकोटा र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनबीच फ्रि वाईफाईको विषयमा सहमति भएको हो । यस अगाडी पनि वर्डलिंकले पत्रकार महासंघलाई दुईवर्ष बढि फ्रि वाईफाई सेवा उपलव्ध गराएको थियो ।

यसैबीच महासंघमा फ्रि वाईफाईको व्यवस्था गर्नका लागि भूमिका खेल्ने वर्डलिंक घोराहीका प्रमुख आकाश सापकोटा र वर्डलिंक परिवारप्रति पत्रकार महासंघले धन्यवाद ज्ञापन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्