म सँग त्यस्तो कुनै कला छैन जो देखाउन सकूँ



गजल ———–

——————————————–

म संग त्यस्तो कुनै कला छैन जो देखाउन सकूँ
लाग्न त लाग्छ नि दर्शक आकर्षित बनाउन सकूँ

तिमी मात्रै हौ। जो, आएर असल छौ भनिदिने
म ठान्छु तिमी जस्तै, दुनियाँ कोशौं पाउन सकूँ

केही मान्छे दुश्मन भनी घृणा गर्छन् दूर बाटै
मेरो एउटा चाह छ, दुश्मन संगै रमाउन सकूँ

हजारौं दिल टुक्रिएछन् सिसा जस्तै टुक्रा-टुक्रा
रंगिन गमले टुक्रा दिल लाई मै सजाउन सकूँ

कोही कसैले पनि, ऊ वियोग हो भनी नभनुन्
वियोगीको अधरमा थोरै मुस्कान ल्याउन सकूँ

-प्रकाश मगर वियोगी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्