साहित्य/कला

म सँग त्यस्तो कुनै कला छैन जो देखाउन सकूँ

By थाहा अनलाइन

December 17, 2019

गजल ———–

——————————————–

म संग त्यस्तो कुनै कला छैन जो देखाउन सकूँ लाग्न त लाग्छ नि दर्शक आकर्षित बनाउन सकूँ

तिमी मात्रै हौ। जो, आएर असल छौ भनिदिने म ठान्छु तिमी जस्तै, दुनियाँ कोशौं पाउन सकूँ

केही मान्छे दुश्मन भनी घृणा गर्छन् दूर बाटै मेरो एउटा चाह छ, दुश्मन संगै रमाउन सकूँ

हजारौं दिल टुक्रिएछन् सिसा जस्तै टुक्रा-टुक्रा रंगिन गमले टुक्रा दिल लाई मै सजाउन सकूँ

कोही कसैले पनि, ऊ वियोग हो भनी नभनुन् वियोगीको अधरमा थोरै मुस्कान ल्याउन सकूँ

-प्रकाश मगर वियोगी