काठमाडौं, १ पुस । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिस्टार सहित चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरुहमाथि ५५ लाख अनियमितताको आरोप छ ।
प्रतिष्ठानका रजिष्ट्रार तुल बहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द्र कुमार मगर र रमेश कुमार खतिवडा समेतको मिलोमतोमा बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा ५५ लाखको भुक्तानी दिएका थिए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले उक्त ऐनको दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१), सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी बिगो रु.५,५०,०००।(पाँच लाख पचास हजार) कायम गरी हानिनोक्सानी भएको उक्त रकम तुल बहादुर श्रेष्ठ, रूपा सिंघान्ची अग्रवाल, चन्द्र कुमार मगर र रमेश कुमार खतिवडाबाट असुलउपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।