गुठी संस्थानका प्रमुख र उपप्रशासक घुस लिएको आरोपमा पक्राउँ




गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

मंगलबार उनीहरूलाई अख्तियारले कार्यालयबाटै पक्राउ गरेको हो। जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उनीहरूले कति लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको कोइरालाले बताए ।

मुद्दा हार्ने पक्षलाई आठ लाख रुपैयाँ फिर्ता गरेको निवेदन परेपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्