मुख्य समाचार

एमालेले अब कसैसँग तालमेल नगर्ने, दोस्रो चरणमा एक्लै भिडेर बहुमत ल्याउने दाबी

By थाहा अनलाइन

May 30, 2017

 

१६ जेठ,

नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेससँग मुख्य प्रतिष्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो । “पहिलो चरणको गठबन्धन प्रभावकारी बन्न सकेन, त्यसको विभिन्न कारण होलान । समीक्षा हुन्छ,’ एमाले नेता प्रदीप ज्ञवालीले भन्नु भयो, ‘दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो । आमरुपमा एक्लै लड्छौं ।” उहाले स्थानीय तहको आवश्यकता आधारमा चुनावी गठबन्धन नकार्न नसकिने बताउनु भयको  छ । एमालेले दोस्रो चरणमा एक्लै भिडेरै सबैभन्दा धेरै सिट ल्याउने निष्कर्ष समेत निकालेको छ ।