उत्तम कुमार थापा बझाङ
बझाङ जिल्लामा हिउँमा पुरीएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्मा गाउँपालिका वडा नम्बर १ बस्ने १८ वर्षिया कविराज बोहरा १४ वर्षिया शहदेब बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश बमले बताए ।
जडिबुटी संकलन गर्ने भन्दै मंसिर २५ गते घरबाट सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा गएका स्थानीयको भनाइ छ ।
जडीबुटी संकलन गर्न बाट दुवै जना घर नफर्कीए पछि खोजी गर्दै जाँदा मंगलबार दुवै जना मृत अवस्थामा फेला परेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए। आज प्रहरी चौकी दौलीचौरबाट घटनास्थलमा प्रहरी टोली खटीएको प्रहरी नायव उपरिक्षक बमले बताउनु भएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।