रसुवा घुम्न आएकी बिदेशी बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा रसुवामा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिका गाउँपालिका २ कालिकास्थानका २९ वर्षिय सुनिल पौडेल रहेका छन् ।
रसुवा घुम्न आएकी १२ वर्षीय विदेशी बालिकालाई मंसिर २८ गते शनिबार जबरजस्ती करणी गरेको अभियोगमा बालिकाको आफन्तले प्रहरीमा उजुरी गरेसँगै पौडेललाई उनको घरबाट पक्राउ गरि आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरी नायब उपरिक्षक भाग्येन्द्र पुरुष ढकालले बताए ।
पक्राउ परेका पौडेललाई करणी अभियोगको कसुरको सजायको लागी जिल्ला अदालत रसुवाबाट म्याद लिएर हिरासतमा राखि अनुसन्धान थालिएको छ ।
बिदेशी बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा जबरजस्ती करणी गरेको अभियोगमा बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन, बालिकाले दिएको बयान र पक्राउ परेका व्यक्तिसंग लिएको प्रारम्भिक अनुसन्धानले अपराधमा उनको संलग्नता रहेको आधार बलियो पाएसगै मुद्धा दर्ताको लागी अनुसन्धान गर्न अदालतबाट म्याद लिएको रसुवा प्रहरीले जनाएको छ ।
बलात्कारको अभियोगमा पक्राउ परेका सुनिल पौडेल जिल्लाको कालिका गाउँपालिकाका अध्यक्ष सिता पौडेल अधिकारीको सहोदर भाई भएको प्रहरीले जनाएको छ ।
घटना मिलाउन गाउँपालिकाले तर्फबाट अध्यक्ष सिता पौडेल स्वंयम सक्रिय भएर लागेको र केन्द्रीयस्तरका नेताहरुबाट समेत दबाब आएपनि बालिकामाथीको करणीको अभियोगमा मेलमिलाप तथा सहमति गर्न नमिल्ने भन्दै मुद्धा दर्ताको लागी अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
बिदेशी बालिकाको देशको नाम भने प्रहरीले गोप्य राखेको छ । बालिका अहिले अभिभाबकसँग रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।