जिप्रका तेह्रथुमद्धारा आगो लागि पीडितलाई राहत बितरण



इन्द्र नेपाली

तेह्रथुम, तेह्रथुमको लालीगुरास नगरपालिका वडानम्बर ९ सोल्मा टिम्बुरे बस्ने चन्द्र कुमार लिम्बुलाई जिल्ला प्रशासन कार्यालय तेह्रथुमद्धारा ९ हजार राहत रकम प्रदान गरिएको छ । आगलागीबाट लिम्बको पाली, अन्न र भाडाबर्तन गरि जम्मा ७६ हजार बढीको क्षति भएको प्रहरीले मुचल्का तयार गरे सगै जिल्ला प्रशासन कार्यालयबाट राहत रकम ९ हजार प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्त बहादुर खड्काले जानकारी दिनु भएको छ ।

चन्द्र कुमारको मंसिर २४ गते पालीमा आगलागी भएको थियो । जिल्ला प्रशासन कार्यालयले अग्नी पिडितहरुलाई मुचुल्काको आधारमा राहत रकम प्रदान गर्ने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्