६ दिनदेखी हुम्लामा हवाई सेवा बन्द



हुम्लामा एक मात्र यातायातको साधन हवाई सेवा ६ दिनदेखि ठप्प छ ।

बिहीबार र शुक्रबार लगातार परेको हिमपातले सिमकोट विमानस्थलमा दुई फिटसम्म हिउँ जमेपछि हवाई सेवा ठप्प भएको हो । सिमकोट विमानस्थल प्रमुख गौरीशंकर शाहले विमानस्थलमा जमेको हिउँ पन्छाउने काम सुरु भइसकेको जानकारी दिए । विमानस्थलको हिउँ पन्छाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सिमकोट गाउँपालिका कर्मचारी, स्थानीयवासी खटिएको उनको भनाइ छ ।

हवाई सेवा सञ्चालन नहुँदा यात्रु आवत–जावत गर्नबाट वञ्चित भएका छन् । विमानस्थलको हिउँ पन्छाउन थालिए पनि हवाई सेवा सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने भएको छ । हुम्लाबाट नेपालगन्ज र सुर्खेत जाने यात्रु तथा नेपालगन्ज र सुर्खेतदेखि हुम्ला आवत–जावत गर्ने यात्रु र अन्य दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने नसिकएकाले सिमकोटमा उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । हिमपातले जहाज रोकिएपछि सेताक चिनी, जटामसीलगायतका जडीबुटी विमानस्थलमै थन्किएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्