काठमाडौँ , पुस २ । तराइका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरोले जनजिवन प्रभावित भएको छ भने देशभरि नै चिसो बढ्को छ । यो क्रम तीव्र रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम र अधिकतम तापक्रमबिचको अन्तर कम हुने क्रम जारी रहेकाले केही क्षेत्रमा तुसारो परेको छ ।
तराईका क्षेत्रमा लगातार हुस्सु तथा कुहिरो लाग्ने र दिउँसो पनि घाम नलाग्ने सम्भावना बढी रहेको मौसमविद पौडेलले बताए । तर अहिले नै शितलहर चलेको भन्न मिल्ने अवस्था भने नरहेको मौसमविद वरुण पौडेलले बताएका छन् ।
यस्तै काठमाडौँ उपत्यका तथा देशका पहाडी क्षेत्रमा बिहान केही समय कुहिरो लागे पनि दिउँसो घाम लाग्ने तर चिसो भने अधिक हुने उनको भनाई छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।
देशभरि नै तापक्रम घट्ने क्रम जारी रहेका बेला बुधबार बिहान काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम ३.७ डिग्री सेल्सियस पुगेको छ । अझै तापक्रम कम हुने मौसमविद पौडेलले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।