टप फिचर

राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएर मिर्गौला फेर्ने तयारीमा प्रधानमन्त्री

By थाहा अनलाइन

December 18, 2019

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमै हुने भएको छ।

त्यसका लागि नातेदाहरूले मिर्गौला दिने कबुल गरिसकेका छन् । प्रत्यारोपणको समय पनि पुसको अन्तिम साता टुंगो लागेको छ । तर प्रत्यारोपणका लागि चाहिने स्वास्थ्यस्थितिको न्यूनतम सर्त पूरा नभएको अवस्थामा समय सर्न पर्न सक्ने उपचारमा संलग्न एक चिकित्सकले जनआस्थालाई बताए भनेर आज बुधबारको जनआस्था साप्ताहिकले छापेको छ।

यसरी प्रत्यारोपणपछि कम्तीमा ३ महिना आराम गर्नुपर्ने बताइएको छ। त्यस अवधिमा सरकार वा पार्टीको पूर्ण जिम्मेवारी कसलाई दिने यसबारे केही दिनमै निर्णय हुने बालुवाटार स्रोतले जनाएको छ। यसैबीच केही बुद्धिजीवीमार्फत राष्ट्रपतिलाई केही कार्यकारी अधिकार प्रत्यायोजन गरेर प्रधानमन्त्री ओलीले आराम गर्ने कुरा बाहिर आएको छ ।