राप्ती गाउँपालिकाको एक नम्बर वडाका जेष्ठ नागरिक बल्याङकेट र थ्रमस पाउँदा खुसी



ओमप्रकाश गुप्ता ,
भालुवाङ २ पुस । चिसो मौसममा बल्याङकेट र थ्रमस पाउँदा राप्ती गाउँपालिका वडा नम्बर १ का जेष्ठ नागरिकहरु मख्ख भएका छन् ।
राप्ती गाउँपालिका १ पाखापानी निवासी ९२ वर्षिया पार्वती मल्ल जाँडोको मौसममा न्यानो बल्याङकेट र थ्रमस पाउँदा निकै खुसी भएकी छिन् । हामी वुढापाकालाई आफ्नै छोराछोरीले त वास्ता गर्दैनन् तर स्थानीय सरकारले हामी जस्ता वृद्धहरुलाई बल्याङकेट दिदा त देउतै आएजस्तो लाग्यो उनले भनिन् ।

त्यस्तै भालुवाङका ८१ वर्षिय कृष्णबहादुर बुढा बल्याङकेट पाएपछि खुसी हुदै भने आजभोलीका मान्छे हामीसंग वोल्न पनि गाह्रो मान्छन् तपाईंहरूले त बल्याङकेट र थ्रमस बाड्नुभयो यसमा हामी खुसी छौ यसरी नै प्रत्येक वर्ष बाड्नु प¥यो उनले भने ।
राप्ती गाउँपालिका वडा नम्बर १ को आयोजनामा मंगलवार वडाका ३१ जना वृद्धवृद्धालाई १ लाख बराबरको १÷१ थान बल्याङकेट र थ्रमस वितरण गरिएको छ ।

‘वृद्धवृद्धालाई सवैले माया, सम्मान र रेखदेख गर्नुपर्छ’ भन्ने सन्देश दिन ८० वर्षमाथिका जेष्ठ नागरिकलाई राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, वडा अध्यक्ष ताराबहादुर डिसीले बल्याङकेट र थ्रमस वितरण गरेका हुन् ।

वडा अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी,राप्ती सामुदायिक वन उपभोक्ता समुह भालुवाङका अध्यक्ष खिमविक्रम शाह, आँपखोली खानेपानीका पदम पुन,पत्रकारहरु महेश रिजाल,ओमप्रकाश गुप्ता र जेष्ठ नागरिक लाकपा शेर्पा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य श्यामलाल पोख्रेलले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्