इन्द्र नेपाली ,
तेह्रथुम , पुस २ । नेसनल लाईफ इन्स्योरेन्सले २लाख ३७ हजार३७० मृत्यू दावी भुक्तानी गरेको छ । इन्स्योरेन्समा विमा गरेका तेह्रथुमको फेदाप गाउपालिका एक सिम्लेका गोमा देबि थापाको मृत्यू भएपछि नेसनल लाइफ इन्स्योरेन्स साखा प्रमुख कुमार तामाङले मृत्यू दावी भुक्तानी गरेका छन् ।
नौ बर्सिय थापाको काल गतिले मृत्यु भएको थियो । थापाले नेसनल लाइफ इन्स्योरेन्समा दुई लाखको बिमा गरेको ब्याबसाय अधिकृत प्रदिप कुमार चम्लागाईले बताए ।रकम हस्तान्तरण नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय तेह्रथुमले फेदाप गाउपालिकाको केन्द्र सिम्लेमा आठराई होटेल एन्ड लजमा आयोजना गरिएको मृत्यु दाबी भुक्तानि कार्यक्रममा दुई लाख सैतिस हजार तीन सय सतरी बराबरको चेक तेह्रथुम शाखाका बिमित गोमा देबि थापाले इच्छाएको ब्यक्ती राम बहादुर थापालाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा फेदाप गाउँ पालिकाका कार्यबाहक गाउँ पालिका अध्यक्ष तथा एक नम्बर वाड अध्यक्ष मन बहादुर श्रेष्ठ प्रमुख आतिथ्यता तथा सुरक्षा निकाएका प्रमुख जनप्रतिनिधि,शिक्षक बुद्धिजिबि इन्स्योरेन्सका कर्मचारी उपस्थितमा समपन्न भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।