ईन्जीनियरिङ अध्यापनका लागि महायज्ञ



सैघाली खबर
दाङ, १५ कार्तिक । ग्रामिण क्षेत्र वाटै ईन्जीनियरिङ अध्ययन÷ अध्यापन गर्ने उद्देश्यका साथ श्री जनकल्याण माध्यामिक विद्यालय दुधरास दाङले ईन्जीनियरिङ अध्ययनको सहयोर्गाथका लागि महायज्ञ संञ्चालन गर्ने भएको छ । विद्यालयले सर्वपक्षिय भेलाको आयोजना गर्दै यस्तो निर्णय दाङको मध्यविन्दु रहेको जनकल्याण मावि दुधरास लाई ईन्जीनियरिङ शैक्षिक गन्तव्यको क्षेत्र बनाउने उद्देश्यका महायज्ञ संञ्चालन गरिन लागेको छ । उक्त विद्यालयहरु सामुदायिक विद्यालयहरुले मध्येकै ईन्जीनियरिङ अध्ययन क्षेत्रमा फष्टाउन सक्ने सम्भावनाको साथ महायज्ञ सञ्चालन गरी नमुना योग्य काम प्रयास थालनी गरिने भएको छ । ‘शिक्षाका लागि दान’ भन्ने मुख्य उदेश्यका साथ कक्षा १२ सम्म अध्ययन हुदै आइरहेको उक्त विद्यालयमा ईन्जीनिरिङ अध्ययनका गर्ने लक्ष्य लिएको छ ।

बिद्यालय व्यवस्थापन समिति, शिक्षक , अबिभावक समाजसेवी, बुद्धिजिबी, पत्रकार राजनितिक दल स्थानिय सर्वसाधारणको भेलाले महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो । डिप्लोमा तहको ईन्जिनिरिङको पढाई सञ्चालन गर्नका लागि महायज्ञ सञ्चालन गर्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो । ईन्जिनिरिङ तहको पढाई सञ्चालन गर्न झण्डै एक करोड खर्च लाग्ने भन्दै आर्थिक जोहो गर्न महायज्ञ सञ्चालन गर्न थालेको वताउनुभयो । आगामी माघको पहिलो साता सञ्चालन गरिने महायज्ञमा पण्डित दीनबन्धु पोखरेल आउने समेत बिकले जानकारी दिनुभयो ।
भेलाले महायज्ञ सञ्चालनका लागि मुल समिति गठन गर्ने समेत निर्णय गरेको छ । विद्यालयको आर्थिक अबस्था कमजोर हुदा तत्काल ईन्जिनिरिङ तहकाको पढाइ सञ्चालन गर्ने अबस्था नरहेको भन्दै सबैको सहयोग प्राप्त भए छिटै पढाई सञ्चालनमा आउने वताउनुभयो ।

तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले माबि दुधरासले ईन्जिनिरिङ तहकाको पढाई सञ्चालन गरे १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने वताउनुभयो । दाङमा प्राविधीक शिक्षा सञ्चालनका लागि बोर्ड बैठकले एक करोड रुपैयाँ बजेट छुट्याएको वताउँदै कुनै पनि उपमहानगरपालिका क्षेत्रका बिद्यालय ,तथा कलेजहरुले प्राविधिक शिक्षा सञ्चालन गरे १० ÷ १० लाखका दरले रकम उपलव्ध गराउने वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर पाण्डेले समाज रुपान्तरका शिक्षा प्रणाली बदल्नु पर्ने उल्लेख गर्दे जीवन उपयोगी शिक्षामा सबैले जोड दिनु पर्ने बताउनुभयो । क,ख,रा पढ्नु मात्र शिक्षा होईन जीवन रुपान्तरण सहित समाज विकासको गर्नु आजको मुख्य आबश्यकता हो उहाँले भन्नुभयो । प्राविधीक शिक्षा आजको आबश्यकता भएको उल्लेख गर्दै महायज्ञ सञ्चालनका लागि सहयोग गर्ने बताउनु भएको थियो । कार्यक्रममा बोल्दै घोराही नगरपालिकाका पूर्व मेयर अमरबहादुर डाँगीले देशमा दक्ष जनशक्ति उत्पादन भए मात्र विदेशी लगानी भित्रिने वताउँदै त्यसका लागि प्राविधिक शिक्षाको स्थापना गर्नु पर्ने वताउनुभयो ।

हाम्रा मुल्य मान्यताको अलौकिक व्याख्या भएको वताउँदै महायज्ञलाई भौतिक विकास र सामाजिक विकास संग संगै जाडेर लैजान सुझाब दिनुभयो । श्रमको सम्मान गर्न नजानेका कारण देश पछाडि परेको वताउँदै विदेशमा निर्माण हुने फालो स्वदेशमै निर्माण गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।

विद्यालयका प्र.अ.हिम बहादुर डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा श्रोत व्यक्ति मुकुन्द रिजाल, नेपाल संस्कृत विश्बविद्यालयका प्रतिनिधी खिमबहादुर केसी, विद्यालयका सस्थापक तिलकबहादुर डाँगी, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली , लगाएतकाले आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समतिका अध्यक्ष देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वि।वि।स।का सदस्य गिरिराज पाण्डेले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्