इन्द्र नेपाली,
तेह्रथुम , पुस २ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले आफ्नो नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको अवसरमा पहिलो सेवा ग्राहीलाई फुलमालाले स्वागत गर्दै सेवा दिएको हो ।
नागरिक र प्रहरी बिच समधुर सम्बन्ध राख्नका लागि जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने तेह्रथुम फेदाप ३ बस्ने वर्ष ३८ का शंकर देव खनाललाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए ।
लामो समय पछि जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन सम्पन्न भए पछि सोमबार प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उद्धघाटन गरेका थिए ।
बुवा कृष्ण बहादुर कटुवाललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । जिल्ला प्रहरी कार्यालयको ५ करोड ३५ लाख ३१ हजार ९ सय ६५ लागतमा ३ तले २७ वटा कोठा भएको कार्यालय भवन, २ तले १० कोठा भएको ब्यारेक भवन ,१ तले ४ कोठे मेष भवन र १ तले ४ कोठा रहेको कार्यालय प्रमुख निबासको उद्धघाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालयको भवन नयाँ र आधुनिक भवनबाट छिटो छरितो सेवा प्रदान गरिने डिएसपी प्रधानले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।