त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलको रन वय समयभन्दा छिटो निर्माण




त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलको Run Way, Taxi Way, को Rehab को काम तोकिएको समयभन्दा पहिले नै पुरा भएको छ ।

जीर्णाेद्धारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले हिजो पौष १ गते मंगलबार औपचारिक रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।

यसबाट बिमानस्थल पुन: २१ घण्टा सन्चालनमा आउने छ भने २४ घण्टा सन्चालन गर्न सकिने गरी योग्य भएको छ । साथै आकाशमा जहाज होल्ड हुने समस्यालाई एकहदसम्म समाधान हुनेछ । तर अन्य समस्याको समाधान र आधुनिक बिमानस्थलबाट उपलब्ध हुने सेवा/ सुबिधाका लागि भने निजगढमा अन्तरास्ट्रिय बिमानस्थल बनाउनुको बिकल्प भने छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्