सुरुङमार्ग निर्माण हुने भएपछि जग्गाको भाउ बढ्यो



चीनको सहयोगमा छहरे–टोखा सुरुङमार्ग निर्माण हुने भएपछि जग्गाको भाउ बढेको छ । सुरुङमार्गले काठमाडौंसँग नुवाकोट र रसुवाको सामीप्य बढ्ने भन्दै स्थानीय हौसिएका छन् ।

‘काठमाडौंसँग जोडिए पनि भौगोलिक डाँडाकाँडाले टाढा पारेको नुवाकोटलाई झनै नजिक तुल्याउनेछ’ शिवपुरी गाउँपालिका ८ थानापतिका रूपक कार्कीले भने । सुरुङमार्ग निर्माण हुने भएपछि थानसिङ, कबिलास, थानापति, काफलडाँडा, थापागाउँ, सातदोबाटे, खन्याचौर, सत्तरीफाँट, छहरे, ढिकुरेलगायत पाखा र सम्म परेका फाँटका जग्गाको भाउ ह्वात्तै बढेको छ ।

काठमाडौंमा बसेका स्थायी बासिन्दाको अहिलेको रोजाइको थलो शिवपुरी ८ नम्बर वडा, लिखुगाउँपालिका ६ र ५ वडा र पन्चकन्याको २ र ५ वडा परेका छन् । काठमाडौंमा स्वच्छ पानीको अभाव, ध्वनी प्रदूषण, खानेपानी किनेर खानुपर्ने, धुलो, धुवाँ र भीडभाडले गर्दा नुवाकोटका यिनै वडामा जग्गा खरिद गर्ने भनेर आउनेहरूको संङ्ख्यामा वृद्धि भएको स्थानीयले बताए ।

पछिल्लो समय थानापतिमा प्रतिरोपनी ८ लाख रुपैयाँसम्म जग्गा कारोबार भइरहेको छ भने समथर फाँटमा आनाको ७ देखि १० लाखसम्म जग्गाको भाउ बढेको स्थानीय बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्