उत्तम कुमार थापा
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ जिल्लामा रहेको प्रगतिशील युवा समाजको दशौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाज परिवर्तनमा युवाहरु सक्रिय र आत्मनिर्भर भएर जागौँ भन्ने मुल नाराका साथ दशौँ बार्षिक साधारणसभा तथा परिक्षण कार्यक्रम आज जिल्ला समन्वय समिति बझाङको सभाहलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा संस्थाका संयोजक लवराज जोशीले प्रगतिशील युवा समाजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बर्षभरि गरिएका उपलब्धिहरु देखि सिकाई चुनौतिहरु पनि रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागीताका साथै आ आफ्नो विचार पनि राखेका थिए ।
जिल्लामा विगत लामो समय देखि सँचालन हुँदै आएको प्रगतिशील युवा समाज नामक संंस्थाले जिल्लाका विभिन्न स्थानीय तहमा मातृ तथा बाल स्वास्थ ,समुदायमा आधारीत पुन स्थापना कार्यक्रम ,अपाङ्ग भएका बालबालिकाको एकीकृत व्यावस्थापन, मानसिक स्वास्थ्य र सामुदायिक स्वास्थ्य लाई प्राथमिकतामा राखेको छ ।
यश संस्थाले अहिले सम्म आर्थिक बर्ष २०७५ देखि ०७६ मा ११८ जना मानसिक समस्या भएका विरामिहरुको उपचारमा सहयोग गरेको थियो भने १२ जना अपाङ्ग बालबालिकाको उपचार पनि गरेको हो । त्यसैगरि अपाङ्ग भएका बालबालिकाहरुलाई आयआर्जनमा सहयोग गरेको पनि सँस्थाले जनाएको छ ।
कार्यक्रम प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केशीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिति जिल्ला समन्वय समिति बझाङका सँयोजक खड्क बहादुर खड्का विशिष्ट अतिथि छविस पाथिभेरा गाउँपालिकाका उपाध्यक्ष राधिका रताला रहेका थिए ।
संस्थाका संयोजक यज्ञराज जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सदस्य प्रविन धामीले गरेका । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष केशीले आज सम्म पनि यो संस्थाले राम्रो काम गर्दै आएको र अवका दिनमा पनि समाज परिवर्तनमा प्रगतिशील युवा समाजले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । साधारणसभा कार्यक्रममा विभिन्न स्थानीयतहका जनसमुदायहरु पत्रकार, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सँस्थाका सदस्य प्रविन धामीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।