कांग्रेसको पार्टी कार्यालयमा नेविसंघ विद्यार्थीको रिले अनसन



नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्दा उमेरहद लागु गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् । नेपाल विद्यार्थी संघको विधानको सातौ संसोधन गरि उमेरहद ३२ वर्ष कायम गरेको थियो ।

सोहि विधान अनुसार ४० जिल्लामा जिल्ला अधिवेशन समेत भइसकेका छन् । त्यसैगरि १६ जिल्लाको अधिवेशन प्रक्रिया सुरु भएर विवादपछि रोकिएको थियो । तर पछिल्लो समय कांग्रेसका नेताहरुका बीचमा नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्नेबारे छलफल भइरहेको छ ।

नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्दा उमेरहद कार्यान्वयन नगर्ने कांग्रेस नेताहरुले तयारी गरेपछि विद्यार्थीहरुले रिले अनसन सुरु गरेका हुन् । बुधवारदेखि सुरु गरेको रिले अनसनमा पाँच जना विद्यार्थी नेतृ अनसन बसेका छन् ।

रुपा शर्मा, पदमा भुषाल, रोस्मिता कार्की, ललिता श्रेष्ठ र विन्दा बोगटी रिले अनसनमा बसेको नेविसंघका निबर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए । त्रिपाठीले उमेरहद कार्यान्वयन नगरि नयाँ कार्यसमिति गठन गरे अमरण अनसन बस्ने घोषणा गरेका छन् । त्रिपाठी नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले निकट मानिन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्