गोविन्द पोखरेलका लागि बाम गठबन्धन फलामको चिउरा !



शशिधर भण्डारी,
प्यूठान, १५ कार्तिक।
सरकारले २०७४ मंसिर २१ गते प्यूठानमा प्रतिनिधि÷ प्रदेशसभा निर्वाचन हुँदैछ । निर्वाचनको लागि दलहरु आफ्ना उमेद्वारहरु चुनावी मैदानमा भिडाउन उमेद्वार टुंगो लगाइरहेका छन् ।

प्यूठानको चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरुले भित्री रुपमा दौडधुप छ । ने.क.पा. एमाले र माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनमा साना कम्युनिष्ट घटकहरुलाई धुविकृत गर्ने क्रमपनि जारी छ ।
एमाले–माओवादी केन्द्रले बाम गठबन्धन बनाएर चुनावी मैदानमा जुटीरहेका वेला प्यूठानमा भने ने.क.पा.(मसाल)को राष्ट्रिय जनमोर्चा तालमेल गरेर आसन्न निर्वाचनमा होमीएका छन् ।

नेपाली काँग्रेसले भने एक्लै भिड्दै छ । जस अनुसार बामगठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्रतिनिधी सभाको निर्वाचनमा उमेद्वार बनेकी छन् भने काँग्रेसबाट राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशन(सिइयो) प्रा.डा. गोविन्द पोखरेल चुनावी मैदानमा छन् ।

बाम गठबन्धबाट प्रदेशमा हरी रिजाल र कृष्णध्वज खड्कोको नाम टुंगीएपनि कुन क्षेत्रबाट चनावमा उमेद्वार बनाउने भन्नेमा अन्यौलता छ । दुवै एउटै क्षेत्रको आकाक्षी भएपछि अन्यौल भएको हो ।

निर्णय अनुसार एमालेका हरी रिजाल प्देशसभाको लागि क्षेत्र १ बाट र माओवादी केन्द्रका कृष्णध्वज खड्का २ बाट उठाउने निर्णय भएकोमा एमालेले असन्तुष्ट ब्यक्त गरेको छ ।
कम्युनिष्टहरुको आधारभूमि वा किल्लाको रुपमा चिनिने प्यूठानमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा वीच तालमेल भएपछि लोकतान्त्रिक शक्तिका लागि चुनावी नतिजा आफ्नो पक्षमा पार्न ठुलो संकट पर्ने आम सर्बसाधारणको बुझाई छ ।
७५ प्रतिशत बाम विरुद्ध २५ प्रतिशत लोकतान्त्रिक
बाम गठबन्धनको सांगठनिक अवस्था, विगत निर्वाचनमा यी पार्टीहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यो निर्वाचनमा बाम उमेद्वारहरु भारी मतका साथ विजय हुने सुनिश्चित देखिन्छ । स्थानीय तह निर्वाचनको आँकडा अनुसार तिन बाम पार्टीले प्राप्त गरेको मत ६१ हजार ५ सय ५९ र नेपाली काँग्रेसले प्राप्त गरेको मत १९ हजार सात सय ९१ देखिन्छ ।

यस आधारमा बहस चुनाव जित्ने हार्ने कुरामा भन्दा पनि चुनाव पछि निर्वाचित जनप्रतिनिधिहरुले प्यूठान जिल्लाको विकासका लागि आफुलाई खरो उतार्न सक्छन् कि सक्दैनन् भन्ने वा समृद्ध प्यूठान निर्माणको कुशल नेतृत्व गर्ने खुवी राख्दछन् कि राख्दैनन् भन्ने कुरामा केन्द्रित भएको देखिन्छ ।
मुख्यमन्त्रीमा प्यूठानको दावी
ने.क.पा. माओवादी केन्द्रका प्राय प्रभावशाली नेताहरु प्रतिनिधिसभा सदस्यका लागि उमेद्वार बनेका छन् । प्यूठान क्षेत्र नम्बर २ का उमेद्वार कृष्णध्वज खड्का पनि माओवादी केन्द्रका ‘हेवी वेट’ नेता भित्र पर्दछन् ।

माओवादी केन्द्रका कमैमात्र हेवी वेट नेताहरु प्रदेशसभा निर्वाचनमा होमिएका छन् । एमाले वा माओवादी केन्द्र बाट प्रदेशसभामा उमेद्वार बनेका प्रभावशाली नेताहरु प्रदेशको मुख्यमन्त्री वा प्रभावशाली मन्त्री बन्नेछन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । त्यसैले माओवादी केन्द्रका तर्फवाट अघि सरेका बाम उमेद्वार कृष्णध्वज खड्का प्रदेशसभा निर्वाचनको मैदानमा आएसंगै ५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा प्यूठान जिल्लाले दरिलो दावेदारी प्रस्तुत गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्