प्रधानमन्त्री निवास अगाडि मृगौला पीडितको धर्ना



सरकारले उपचारमा सहयोग नगरेको भन्दै मृगौला पीडितले प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन् । आफूहरुका माग पूरा गर्न सरकार उदासीन रहेको भन्दै उनीहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धर्न दिएका हुन् ।

मृगौला पीडित सरोकार समाजको अगुवाइमा उनीहरुले मृगौला पीडितलाई सरकारले दिँदै आएको सुविधा कटौती गरेको भन्दै त्यसको बिरोधसमेत गरेका थिए ।

प्रधानमन्त्रीको उपचार राज्यले गरे पनि पीडितको उपचार कसले गर्ने भन्दै मृगौला पीडितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । सरकारी अस्पतालमा डायलाईसिस गर्नका लागि असुविधा भएको, अस्पताल अनुसार फरक–फरक शुल्क लाग्ने गरेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

मृगौला पीडितहरुलाई सरकारले प्रतिमहिना दिदै आएको पाँच हजार रुपैंयाँ औषधि खर्चसमेत सरकारले कटौती गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्