देउराली माध्यमिक विद्यालयको ४५ औं वार्षिर्कोत्सव



अमृत भट्टराई 
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा ६ देउरालीमा रहेको देउराली माध्यमिक विद्यालयले ४५ औं वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । मंसिर २९ गतेदेखि सञ्चालन भएको ४५ औं वाषिर्कोत्सव कार्यक्रम पौष १ गते सम्पन्न भएको हो ।

समापन कार्यक्रमको देउराली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शिवलाल ढकालको सभापति मा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि कालीगण्डकी गाउँपालीका वडा नम्बर ६ का वडा अध्यक्ष कवि राज ढकाल रहनुभएको कार्यक्रममा वडाका जनप्रतिनिधि , विभिन्न विद्यालयका शिक्षक , विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतका को उपस्थित रहेको थियो ।

विद्यालयले पुरुष , महिला सदन आत्मक भलिबल प्रतियोगिता , हाजिर जवाफ प्रतियोगिता , वादविवाद प्रतियोगिता , वडा स्तरीय हिसाब दौड प्रतियोगिता , चम्चा दौड प्रतियोगिता , खुला नृत्य प्रतियोगिता लगाएको कार्यक्रम रहेको मा छात्र भलिबल प्रतियोगिता मा दशरथ सदन प्रथम , गंगालाल सदन दोस्रो , र धर्मभक्त सदन तेस्रो भएको छ भने छात्रा भलिबल प्रतियोगितामा गंगालाल सदन प्रथम , दशरथ सदन दोस्रो र धर्मभक्त सदन तेस्रो भएको छ । वादविवाद प्रतियोगिता तर्फ सन्तोष ढकाल प्रथम , निराजन ढकाल दोस्रो र नवीन ढकाल तेस्रो भएका छन् ।
भने नृत्य प्रतियोगितामा गगन थापा र रोशनी थापा को सदन प्रथम , पुनम थापा र विपना थापाको सदन दोस्रो र सुनिता र खोमकुमारी थापाको सदन तेस्रो भएको थियो । विद्यालयले विजेतालाई पुरस्कार वितरण र विभिन्न संस्कृति कार्यक्रम गर्दै
कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रमुख कृष्ण ज्ञवालीले जानकारी दिनुभएको हो । समापन कार्यक्रम विद्यालयका शिक्षक बिनोद ढकालले सञ्चालन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्