अभिनेत्री निरुता सिंहले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टाईको असहमायिक निधन पछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।
केशव भट्टराईसित आफैले सेल्फी खिचेको फोटो पोस्ट गर्दै उनले लेखेकी छन् ..
नेपाली चलचित्र छेत्र मा प्रवेश गरेको दिन देखि मैले माइती भनेर सम्बोधन गरेको अनि मलाई चेली भनेर सम्बोधन गर्ने व्यक्ति हामी सम्पूर्ण नेपाली चलचित्रकर्मीहरूकै प्रिय केशव दाईं को असमाहिक मृत्यु भएको खबर थाहा पाए पछि के भन्नु र के गर्नु पर्ने भन्ने कुरा नै थाहा भएन … यो तश्बिर 1 महीना अघि 7th November 2019 बिरगंज मा भएको गोल्डेन फ़िल्म फ़ेस्टिवल को उद्घाटन को दिन खिचेका थीयाै….” धेरै वर्ष भयो माइती र चेली ले संगै फोटो नखिचेको… यस पाली तिम्रो भाउजु ले जसरी भए पनि निरूता बहिनी संग फोटो खिचेर ल्याउनु भनेको छ…. मलाई त यो सेल्फ़ी खिच्न आउदैन ..
. तिमी आफै खिच त भनेर लिएको थीयो यो तश्बिर ”….
मलाई के थाहा थीयो त्यो बेला की यो तश्बिर आज मैले उहाँलाई श्रधांजलि दिनको लागी राख्नु पर्ने रहेछ भनेर… कुनै शब्धनै छैन …
. मेरो माइतीको बैगुंठ बास होस अनि भगवान श्री पशुपातिनाथ ले भाउजु लगायत सम्पूर्ण परिवालाई यो दुःख झेल्ने शक्ति प्रदान गरून….
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।