बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा थुनामा रहेको नुवाकोट विदुर नगरपालिका ४० वर्षिय चन्द्रबहादुर सुनारलाई नुवाकोट जिल्ला अदालतले १७ वर्ष कैद सजाय सुनाएको छ ।
६ वर्षिय बालिकालाई २०७३ पुस २० गते सुनारले जबर्जस्ती करणी गरेको मुद्धामा दोषी ठहर गर्दै उक्त फैसला गरेको हो ।
जिल्ला न्यायाधिश उमेशप्रसाद लुइटेलको इजलासले मंगलबार आरोपित सुनारलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवप्रसाद बन्जाराले जानकारी दिनु भयो । श्रेस्तेदार बन्जाराका अनुसार जबर्जस्ती करणी कसुरमा १२ वर्ष र बालिका पनि भएकोले थप ५ वर्ष सहित १७ वर्ष कैद सजाय र पीडित बालिकालाई रु.४० हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।
प्रहरीले आरोपितलाई २०७३ पुस पुस २१ गते गिरफ्तार गरी जबर्जस्ती करणीमा मुद्धा दर्ता गरी अनुषन्धान थालेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।