हात्तीको आक्रमणबाट मृत्यु



सैघाली खबर,
झापा, १५ कार्तिक । हात्तीको आक्रमणबाट मंगलबार साँझ झापा भद्रपुर नगरपालिका(१० का ३७ बर्षीया दुर्गाबहादुर कटुवालको मृत्यु भएको छ ।

हात्ती लखेट्ने क्रममा कटुवाललार्इ हात्तीको सुडले पछारेको थियो । घाइते कटुवाललार्इ उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चारआली जंगलबाट निस्केका चारवटा हात्ती गाउँ पसेपछि स्थानीयले लखेट्ने प्रयास गरेका थिए । सोही क्रममा कुटवाललाई हात्तीले जंगल छेऊमा आक्रमण गरेको स्थानीय हीरा पोखरेलले जानकारी दिनुभयो । एक महिनादेखि सो क्षेत्रमा चारवटा हात्तीले उपद्रो मच्चाउँदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्