अन्तरजातीय बिवाहा गरेकी बिकलाई गर्भवती बनाएर श्रीमान फरार

भारतको पुनामा ७ महिनाको गर्भवती श्रीमती अलपत्र छोडेर कैलाली सुखडका भुपेश बुढाथोकी फरार भएका छन्


 

भारतको पुनामा ७ महिनाको गर्भवती श्रीमती अलपत्र छोडेर कैलाली सुखडका भुपेश बुढाथोकी फरार भएका छन् ।

बलबहादुर जैगडिले सामाजिक संजालमा पोस्ट गरेको स्टाटस जस्ताको तस्तै …

महाकाली सेती टुर एण्ड ट्रावल्स को टिमले घर पठाउन सहयोग।


पुना २ पुस करिब १ बर्ष अगाडि .२०७५कात्तिक २९ गते कैलालीको घोडाघोडी नगरपालिका वार्ड न.७ बछुरिया सिबिर कि धनी रसाइली लाई सो नगरपालिका सुखडमा आफ्नो काका नातेदार पर्नेको घरमा बस्दै आइ त्यहीको स्थानीय बिधालय मा पढ्दै गरेका दार्चुला व्यास गाउपालिका वार्ड २ का बुवा बहादुर सिंह बुढाथोकी र आमा मानमती बुढाथोकीका छोरा भुपेश बुढाथोकीले यही डिसेम्बर १३ तारिख बिहान घरबाट आएको उसको साथी गणेश रिमाल संगै ७ महिनाकी गर्भवती श्रीमती लाई अलपत्र पारेर सम्पर्क बिहिन अवस्था मा फरार छन्।अन्तरजातीय विवाह गरेका धनी र भुपेश को सम्बन्ध मा प्रगाढ थियो कुनै किसम को खटपट थिएन एकासी केहि दिन अगाडि भुपेश को साथी घोडाघोडी नगरपालिका सुखड बस्ने गणेश रिमाल भेटघाट को क्रममा भुपेश भएको ठाउँ महाराष्ट्र भारत को पुना को चतृसीङे मा आए उ आए देखी भुपेश काम गर्ने होटेल बाट बिदा मा बसे र साथी गणेश संगै रात दिन बस्न थाल्यो बेलुका सुत्न को लागि कोठा सानो भएको कारण धनी आफ्नो नजिक को माइती को कोठामा राति सुत्न जान भने पछि जान्थिन पहिलो दोस्रो दिन हुँदै तीन दिनमा को बिहान जब धनी बिहान आफ्नो कोठामा आउन्छिन दुबै जना सम्पर्क बिहिन भएको बताइन्।

आफ्नो श्रीमान संघ को तीन दिनको भेटघाट ले आफुलाइ अलपत्र तथा श्रीमान बेपत्ता गरेको पीडित धनिले नेपाल न्युज दैनिक मुम्बई का सम्बादाता,बलबहादुर जयगडी,प्रनेस भारत कोथरुड नगर समिति सचीव जङ्गबहादुर परियार,कोषाध्यक्ष कमल खड्का,दिपक मास्टर,प्रगतिशील नेपाली समाज भारत का केन्द्रिय खेलकुद बिभाग प्रमुख मोहन राज विश्वकर्मा,अखिल नेपाली एकता समाज महाराष्ट्र राज्य समिति सदस्य दानबहादुर जयगडी,सुदुरपश्चिमेली नेपाली समाज भारत ,समाज सेवि तथा महाकाली सेती टुर एण्ड ट्रावल्स का संचालक लोकेश ओड संघ उनले बताएकी छिन्।उनले प्रवास का सम्पुर्ण संघसंगठन,सञ्चार कर्मी,बुद्धिजीवी समाज सेवि लाई आफुले न्याय पाउन र आफ्नो श्रीमान को खोजी कार्यमा महत्त्वपूर्ण सहयोग गरिदिन तथा आफ्नो श्रीमान लाई बेपत्ता तथा फरार गर्ने गणेश रिमाल लाई हदैसम्मको कार्वाही को लागि अनुरोध गरेकी छिन्।
फरार केटीको नागरिकता को फोटो कपि र गणेश रिमाल को फेसबूक आइ.डी.को फोटो सहित उनले उपलब्ध गराइन।पीडित धनिले रुदै आफू लाई न्याय को लागि सम्पुर्ण देश बिदेश का संघसंगठन,समाज सेवि,बुद्धिजीवी,प्रहरी प्रसासन,संचार कर्मी,सरोकारवाला निकाय लाई अपिल गरेकी छिन।

यो मुद्दा लाई ससक्त रूपमा अगाडि बढाउन पुना का विभिन्न संघसंगठन,सकृय रहेका छन्।उनलाई महाकाली सेती टुर एण्ड ट्रावल्स को टिमले पुना देखि नेपाल सम्म को टिकट उपलब्ध गरि नेपाल पठाएको छ यो मुद्दा लाई नेपालबाट सामाजिक अभियन्ता सञ्चार कर्मी सरु सुनार दिदीले ससक्त रूपमा उठाउनु अनुरोध छ।धनी रसाइली बहिनी को न्याय को लागि सम्पुर्ण सम्पुर्ण देश तथा बिदेश बस्नु हुने सम्पुर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु संघसंगठन,सरोकारवाला निकाय,नेपाल सरकार,संचार कर्मी प्रहरी प्रशासन, सबैलाई हार्दिक अनुरोध गरिन्छ।

भुपेश लाई फरार गराउने मुख्य डिजाइन गणेश रिमालको भएको उहाँका भाइ र धनी को दावी छ।किन कि अहिले गणेश सुखड कैलाली मा छ र सम्पर्क रहेको छ कुरा गर्दा भुपेश पुना बाट उसले काम गर्ने होटेल छुटेको कुरा गर्दै आलटाल गरिरहेको धनिका भाइ हरु बताउन छन्।

निलो कलर को जाकेट लगाएको ब्यक्ति गणेश रिमाल भएको जानकारी गरिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्