सहमतिय सरकारका लागि कांग्रेसको आह्वानमा सर्वदलीय बैठक बस्दै ।।



 

 

जेष्ठ, १६,nepali-congress-tree

सहमतिय सरकार गठनका लागि संसदको ठूलो दल नेपाली कांग्रेसले पहल थालेको छ । नेपाली कांग्रेसले सहमतिको सरकार गठनका लागि आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि संसद्मा रहेका दलहरुलाई आह्वान गरेको सात दिनको समय सकिन लाग्दा संसद्को ठूलो दल कांग्रेसले सहमतिय सरकार गठनको पहल थालेको हो । संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा अहिले साढे आठ बजेका लागि बैठक बोलाइएको कांग्रेस नेताहरुले बताएका छन् । सर्वदलीय बैठकको निमन्त्रणसहित पार्टी नेतृत्वमा सर्वदलीय सरकार गठनका लागि सहयोग माग्दै हिजो कांग्रेसले पत्र पठाएको थियो । कांग्रेस संसदीय दलका सचिव ध्रुव बाग्लेले संबैधानीक व्यवस्था र राष्ट्रपतिको आह्वान अनुसार सहमतिको सरकार गठनका लागि पार्टीले अग्रसरता लिएको जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्रीबाट राजीनामा गरेसँगै राष्ट्रपति भण्डारीले बिहीबार संविधानको व्यवस्था र विगतको परम्पराअनुसार सात दिनको समय दिएर दलहरुलाई सहमतीय सरकार गठनको आह्वान गर्नुभएको थियो । सहमतिय प्रयास सफल नभए बहुमतिय प्रक्रियाबाट सरकार गठन हुनेछ । संसदमा प्रधानमन्त्री चयन प्रक्रिया सुचारु हुनुअघि वर्तमान गठबन्धनबाटै देउवा जेठ २२ गते भित्र प्रधानमन्त्री चयन हुनुहुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्