सल्यानमा ५ वटा मतदान केन्द्र थप



सैघाली खबर,सल्यान, १५ कात्तिक ।– आउँदो मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावको लागि सल्यानमा झण्डै ९ हजार मतदाता थपिएका छन् । मंसिरको २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावको लागि ८ हजार ९ सय ५६ जना मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जसमा महिला ६१ हजार ७ सय ८७ जना र पुरुष ६३ हजार ४ सय ६९ जना थिए । जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकृत एकराज अधिकारीले स्थानीय चुनाव पश्चात जिल्लामा झण्डै ९ हजार मतदाता थएिको बताउनु भयो ।

उहाँले मंसिर २१ गते हुने चुनावको लागि जिल्लामा कुल १ लाख ३४ हजार २ सय १२ जना मतदाता रहेको जानकारी दिनुभयो । जसमा पुरुष ६७ हजार ३ सय ९२ जना र महिला ६६ हजार ८ सय २० जना रहेको बताउनु भयो । स्थानीय चुनावकोभन्दा यस मंसिरमा हुने चुनावमा महिला ५ हजार ३३ र पुरुष ३ हजार ९ सय २३ जनाले बढी रहेको उहाँले जनाउनु भयो ।

५ वटा मतदान केन्द्र थप
मंसिर २१ मा हुने संघ र प्रदेशको चुनावका लागि ५ वटा मतदान केन्द्र थप गरिएको छ । जिल्लाका विभिन्न ५ स्थानमा नयाँ मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
मतदाताको संख्याका आधारमा केन्द्र थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ सय ११ वटा मतदान स्थल रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्