काठमाडौं , पुस ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । शुक्रबारदेखि सुरू हुने संसदको पाँचौं अधिवेशनअघि आन्तरिक गृहकार्य गर्न बैठक बस्न लागेको हो ।
दलको बैठक बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो बस्ने कांग्रेसले जनाएको छ ।
संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको अवस्थामा सरकारले ल्याएका विधेयक, विवादित विधेयक र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
संसदको आगामी अधिवेशनलाई जनताको सरोकारका विषय र राष्ट्रिय मुद्दामा केन्द्रित गर्ने गरी बैठकमा छलफल गर्ने कांग्रेसको तयारी छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।