काठमाडौँ , पुस ३ । नेपाली गीत संगीतका अमर स्रष्टा नातिकाजी श्रेष्ठको जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रक गरी मनाइँदैछ । १९९२ साल पुष ३ गते ललितपुरको पुल्चोकमा जन्मिएका नातीकाजी सानै उमेरदेखि सांगीतिक क्षेत्रमा लागेका थिए ।
उनले सात वर्षकै उमेरमा हार्मो्नियम बजाएर गीत गाएका थिए । नातिकाजीले २०३४ सालसम्म रेडियो नेपालमा सुब्बास्तरमा जागिर गरे । शाखा अधिकृत हुँदै उपसचिव स्तरीय संगीतकारमा नियुक्त गएका थिए उनी । गायन र संगीतसँगै उनी गीत पनि लेख्थे ।
उनका नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उनले संगीत दिएका पर लैजाउ फूलहरु, फूलको थुंगा बहेर गयो, सपना भुलाई सारा, उकाली ओरालीहरुमा लगायत गीत लोकप्रिय छन् ।
उनको जन्मजयन्तीका अवसरमासांगीतिक क्षेत्रमा योगदान र्पुयाउने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिँदैछ । दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लाजिम्पाटमा विशेष कार्यक्रममा साथ सम्मान गरिने नातिकाजी स्मृति समाजका अध्यक्ष एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिए । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट नातिकाजीका समकालीन समबहादुर मल्ललाई सम्मान गरिँदै छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।