ट्याक्टरको ठक्करबाट दाङमा एक विद्यार्थीको मृत्यु



दाङको तुलसीपुरमा ट्याक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएकी छन् ।

तुलसीपुर सल्यान रोड सडक खण्ड अन्र्तगत गोदामघर नजिकै ट्याक्टरले आज बिहान ठक्कर दिँदा तुलसीपुर ७ शिवनगर निवासी बेदबहादुर केसीका छोरी १३ वर्षीया विजिता केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोहि ठाउँ निवासी उमा वलीको छोरी १४ वर्षीया मनिषा वली घाइते भएकी छिन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना तुलसी आवासिय माध्यामिक विद्यालय तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइको छ । विद्यालय जानका लागि सडक छेउमै उभिएका उनीहरुलाई उत्तर तर्फबाट तुलसीपुर बजार तर्फ आउँदै गरेको ट्याक्टरले ठक्कर दिएको प्रहरीको भनाइ छ ।

ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टरको अगाडीको टायर अचानक पञ्चर हुँदा सडकको छेउमा उभिएका बालिकालाई ठक्कर दिन पुगेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्