उदयपुर बोलेरो दु’र्घटना : मृ’त्यु हुनेको संख्या ४ पुग्यो



उदयपुरको गोठडाँडामा बोलेरो दु’र्घटनामा मृ’त्यु हुनेको संख्या चार पुगेको छ । दुई जना ग’म्भीर घा’इते भएका छन् । उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा बिहीबार बिहान करिब ९ः१५ बजे बोलेरो दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकको उपचारका लागि कटारी अस्पतालमा र्पुयाउनासाथ मृ’त्यु भएको हो ।

भारतीय नम्बर प्लेट भएको एसके ०१ पीबी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई दु’र्घटना भएको प्रहरीले जनाएको छ । दु’र्घटनामा उदयपुरगढी गाउँपालिका निवासी ६१ वर्षीय टिकनारायण श्रेष्ठ, उनकै भाइ ४७ वर्षीय मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको घ’टनास्थलमा नै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताए ।

साथै मोरङको पथरी बस्ने ३१ वर्षीय टीकाराम श्रेष्ठको उपचारका लागि कटारी अस्पताल ल्याउनसाथ मृ’त्यु भएको एसपी मगरले बताए । घाइते भएका मोरङ पथरी ४ का ५५ वर्षीय लक्ष्मीप्रसाद राई र भारतको सिक्किम बस्ने २८ वर्षीय पवन राइलाई बिराटनगरको नोबेल अस्पताल लगिएको प्रहरिले जनाएको छ ।

भारतको सिक्किममा रहेका आफन्त भेटघाट गरि घर फर्कने क्रममा जीप दु’र्घटना भएको जनाइएको छ । घ’टनास्थल सदरमुकाम गाईघाटदेखि करिब ७० किलोमिटर पश्चिम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्