चुरोट नखाने कर्मचारीलाई ६ दिन बढी बिदा



सैघाली खबर,कात्तिक १५ ।– जापानको एक व्यावसायिक कम्पनीले चुरोट नखाने कर्मचारीका लागि विशेष सुविधा दिएको छ ।
टोकियोमा रहेको पिआला कम्पनीले चुरोट नखाने कर्मचारीलाई वार्षिक बिदामा थप ६ दिन थप्ने योजना ल्याएको समाचार संस्था एएफपीले जनाएको छ ।

कार्यालय समयमा चुरोट खाने कर्मचारीका कारण काममा असर परेको भन्दै चुरोट नखाने कर्मचारीलाई प्रोत्साहन गर्न तथा चुरोट नखाने बानीको विकास गर्न सुविधा दिनुपरेको कम्पनीले जनाएको हो । कर्मचारी चुरोट खाने बेला बेलामा निस्कने गर्दा काममा असर परेको गुनासो बढेपछि नयाँ योजना ल्याइएको कम्पनीले जनाएको छ ।
२९ तलामाथि रहेको कम्पनीका कर्मचारी चुरोट खान भुइँतल्लासम्म आउँदा कम्तीमा एक पटकमा १० मिनेट समयको बर्बादी हुने गरेको कम्पनीले जनाएको छ । गएको सेप्टेम्बर १ तारिखदेखि विशेष सुविधाको योजना सुरु भएपछि ४ जनाले चुरोट छाडिसकेका छन् । जापानको सरकारी तथ्यांकका अनुसार त्यहाँका २८ प्रतिशत पुरुष र ९ प्रतिशत महिला चुरोट पिउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्