उपचारको क्रममा अस्पतालमै सुत्केरीको मृत्यु




विराटनगरको सप्तकोसी नर्सिङ होम एवं अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएकी एक सुत्केरीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ की २८ वर्षीय मेनुका अधिकारी (कटुवाल) को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

प्रसूतिका लागि उनलाई शुक्रबार सप्तकोसीमा भर्ना गरिएको थियो । उनको बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.योगेन्द्र मिश्र नेतृत्वको चिकित्सक टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो । मेनुकाले दोस्रो सन्तानका रूपमा छोरी जन्माएकी थिइन् । पहिलो सन्तान चार वर्षका छोरा छन् ।

नवजात शिशुको भने स्वास्थ्य अवस्था सामान्य छ । सुत्केरीको मृत्युपछि उत्पन्न विवाद साम्य पार्न मृतकका आफन्त र अस्तपाल प्रशासनबीच बुधबार वार्ता भएको थियो । वार्तामा आमाको मृत्यु भए पनि छोरीको ७ वर्षसम्म निःशुल्क उपचार गरिदिने र स्नातकसम्मको शिक्षादीक्षाको व्यवस्था अस्पतालले मिलाइदिने सहमति भएको छ ।

वार्तामै बसेका डा. मिश्रले आफूबाट लापरबाही नभएको जिकिर गर्दै सुत्केरीको दुःखद् निधन भएको घटनाप्रति माफी मागेका छन् । डा. मि श्रले प्रसूति विषय जटिल भएकाले शल्यक्रियापछि सुत्केरीको मृत्यु भएमा चिकित्सकको लापरबाही भन्ने आरोप लगाउन नमिल्ने दाबी गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्